प्रदेशसमाचार

खमारीखाेला लघुजलबिद्युतका कार्यसमितिको पदभार ग्रहण,

खमारीखाेला लघुजलबिधुत अायाेजना बाबियाचाैरमा भएको कार्यसमिति निर्वाचनमा बिजयी समितिलाई अाज सपथ ग्रहण गराईएकाे छ । निर्वाचन समिति का संयाेजक कमलेश्वरी यादवले सपथग्रहण गराउनुभएकाे हाे । पाैष ३ गते कार्यसमिति चयनकाे लागि भएको मतदानमा प्रजातान्त्रिक प्यानलका शुरेन्द्र शाहि सहित १० जना बिजयी भएका छन । २ अाेटा प्यानलबाट १/१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता गरेपछि १० अाेटा पदका लागि चुनाव भएको थियोे । साझा प्यानलबाट उम्मेदवारी दिएका रमेश शाहीले प्यानलबाट सबैभन्दा धेरै मत ल्याएकाे हुदा उनलाई पनि समितिमा समेटिएको छ ।

सपथ ग्रहण पछि बाेल्दै संस्थाका अध्यक्ष शाहिले अाफ्नाे पहिलाे प्राथमिकता पुराना पाेल बिस्थापित गरि नया हाल्ने बताउनुभएको छ । संस्था मा रहेकाे शेयर सदस्य हरुकाे नामावली हरुकाे यथार्थता र उपभोक्ता काे हितमा काम गर्नेमा जाेड दिनुभएको छ । निर्वाचन समिति का संयाेजक यादबले बिधुतकाे ब्यवस्थापन पक्ष कमजाेर रहेकाे हुदा यसलाई सुधार गर्दै कर्मचारी र कार्यसमिति बिचमा बलियाे सम्बन्ध बनाई अघि बढ्न सुझाव दिनुभयो । नागरिक का दैनिकी बिधुत संग जाेडिएकाे हुदा २४ घण्टा लाेडसेडिङ नहुने बाताबरण बनाउन समेत अाग्रह गर्नुभएको छ । कार्यक्रममा वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापा र नेपाली काङ्ग्रेस का क्षेत्रीय सभापति लालबिर भण्डारीले कार्यसमिति काे सफलता काे शुभकामना समेत दिनुभएको छ ।

आयोजनको नयाँ कार्यसमितिका लागि शुक्रबार भएको मतदानमा लोकतान्त्रिक प्यानलका सुरेन्द्रबहादुर शाहीले ६ मत अन्तरले जितेका हुन् । शाहीले ४२१ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी नेकपाबाट उम्मेदवार मानबहादुर वयक ४१५ मत ल्याएर पराजित भए ।उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कविराज कँडेलले ४५१, सचिवमा धर्मराज खनालले ४४४ र कोषाध्यक्षमा चन्द्रादेवि खनालले ४३९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, सदस्यहरुमा सदस्य रणबहादुर खत्री, गोपी तिरूवा, रमेशकुमार कँडेल, गंगा मगर, नरबहादुर तारामी मगर, तेजबहादुर सार्की र रमेश शाही निर्वाचित भएका छन् । कार्यक्रम सहायक मतदान अधिकृत तथा शिक्षक लाेकबहादुर बुढाले संचालन गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close