समाचार

आवाजको परियाेजना सल्लाहकार बैठक सम्पन्न

[mashshare]

महिला तथा बालबालिकालाई न्यायमा पहुँचकाे लागि संरक्षण संयन्त्र संरचनाकाे सहजिकरण कार्यक्रम काे नगर स्तरीय परियाेजना सल्लाहकार समन्वय समितिकाे बैठक सुर्खेतकाे बाबियाचाैरमा सम्पन्न भएको छ । अावाज संस्थाकाे अायाेजना पञ्चपुरी नगरपालिका काे समन्वय र टिडिएच जर्मन,AEIN लग्जेम्बर काे सहयोग मा कार्यक्रम गरिएको हाे । संस्थाले सन २०२० मा पञ्चपुरीमा गरिएको कार्यक्रमकाे अनुगमन समेत गरिएको छ । संस्थाले पञ्चपुरी नगरपालिका भित्र का ६ अाेटा वडा हरुमा कार्यक्रम संचालन गर्दै अाएकाे छ ।

संस्थाले सन २०१६ देखि २०२० सम्म ३ सय ६ जनालाई ४० लाख ५३ हजार ८ सय ७७ रुपैयाँ बराबरको अायअार्जन र ब्यवसायका लागि सहयोग समेत गरेकाे कार्यक्रम संयाेजक सुशील कुमार कार्कीले जानकारी दिनुभयाे । बिद्यालयमा अध्ययन गर्ने ९२ जना बालबालिकालाई छात्रवृत्ति समेत बितरण गरेकाे छ । पञ्चपुरी नगरपालिका काे वडा नं २, ३, ५ र ६ मा बालसुलभ केन्द्र समेत संचालन गरेकाे संस्थाले काेराेना काे जाेखिममा ज्यालामजदुरी गुमाएका परिवारलाई सहयोग समेत गरेकाे छ ।

संस्थाले पञ्चपुरी २,३ र ५ मा पानिका मुहान संरक्षणका लागि वडाहरु संगकाे साझेदारीमा बजेट बिनियाेजन गरेर काम गरेकाे छ । साेमबार भएको अनुगमन कार्यक्रममा नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले संस्थाले गरेकाे काम उपलब्धिमुलक रहेकाे र अागामी दिनमा थप सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनुभयो ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले संस्थाले नगरपालिका संग समन्वय गरेर काम गर्ने तरिका राम्रो रहेकाे बताउनुभयाे । संस्था बाट संचालन भएका बालशुलभ केन्द्रकाे निरन्तरता का लागि नगरपालिका र वडा बाट अाबश्यक सहयाेग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । कार्यक्रम नगरपालिका का बिषयगत शाखाका प्रमुख, जनप्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close