कारोबारसमाचार

युवाहरुलाइ सीप सिकाउदै कन्सल्टेन्सी,

[mashshare]

बाबियाचाैर कन्सल्टेन्सि सेन्टर काे अायाेजनामा ३ महिने सिलाई कटाई र कम्प्युटर बेसिक काेर्ष तालिम बाबियाचाैरमा सुरु भएको छ । पञ्चपुरी नगरपालिकाकाे सहयाेगमा सुुरु भएको तालिममा नगरपालिका भित्र का ६६ जना ले प्रत्यक्ष लाभ लिएकाे संचालक पुर्णबहादुर रावलले जानकारी दिनुभयो । प्रत्येक वडाबाट दलित, जनजाति, अपांगता भएका, पिछडा बर्ग, लाेपाेन्मुख र खस अार्य हरु गरि ३/३ जनाकाे सिफारिस गरिएकाे थियोे ।

दैनिक ३ घण्टा संचालन हुने तालिममा कम्प्युटर प्रशिक्षक लाेकेन्द्र बहादुर रावल र सिलाईकटाईमा दुर्गा पुलामी मगरले प्रशिक्षण दिनुभएको छ । नगरपालिका ले युवाहरुलाई उद्यमी बनाउनका लागि प्रत्येक बर्ष विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै अाएकाे छ । नगपालिकाले यस अघि लाेकसेवा अायाेगका तयारी कक्षा, ढाका बुनाई तालिम समेत संचालन गरेकाे छ ।

काेराेना महामारी का कारण बेरोजगार बसेका तथा बैदेशिक राेजगारीबाट घर फर्केका हरुका लागि गाउमै राेजगारी सृजना गर्न कार्यक्रम अगाडि बढाएकाे नगर प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिनुभयाे । साथै थापाले सीप सिकेका युवाहरुले ब्यवसाय गर्न अाग्रह समेत गर्नुभएको छ । केही समयमै ड्राइभिङ सिक्न चाहनेहरुका लागि तालिमकाे सुरु हुने समेत उहाले बताउनुभयो । कन्सल्टेन्सिले कम्प्युटर कक्षा, हाउस वायरिङ, ईलेक्ट्रिसियन, सिलाईकटाई, ट्युसन कक्षाहरु निरन्तर संचालन गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close