समाचारसमाज

पञ्चपुरीमा जेष्ठ नागरिक लाई न्यानाे कपडा बितरण,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं १ काे अायाेजनामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । वडा नं १ काे हासेगाउमा रहेकाे वडा कार्यालयमा वडा भित्रका ७० बर्ष माथिका ४८ जना जेष्ठ नागरिक लाई न्यानाे कपडा बितरण गरिएको सचिब गंगा राेकायले जानकारी दिनुभयाे ।

कार्यक्रम मा बाेल्दै वडा अध्यक्ष धनबहादुर थापाले जेष्ठ नागरिक हरु अनुभबका खानी भएको र उनिहरुबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्न जरुरी रहेकाे बताउनुभयो । साथै उहाले जेष्ठनागरिकलाइ माया र सम्मान गर्नु हामी सबैको कर्तब्य भएको समेत प्रस्ट पार्नुभयाे । वडा कार्यालयकाे १ लाख बजेट बाट जेष्ठ नागरिकलाई जकेट बितरण गरिएको हाे । सम्मानित हुदा जेष्ठ नागरिक हरुले खुसि ब्यक्त गरेका छन । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगाएत स्थानीय काे सहभागीता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close