प्रदेशसमाचार

याेजना र बजेट नभएको काममा पञ्चपुरी ९ का वडा अध्यक्ष द्वारा सम्झाैता गर्न सिफारिस,

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ९ ले याेजना नभएकै शिर्षक मा सम्झाैताका लागि सिफारिस गरेकाे छ । तल्लाे बिजु समैचे डुढ निर्माण पञ्चपुरी ९ मा १ लाख बजेट बिनियाेजन गरिएको भनिए पनि नगरपालिका काे याेजनाकाे किताबमा उक्त याेजना समाबेश भएको छैन । तर वडा अध्यक्ष शान्तिराज खरालले याेजना सम्झाैताका लागि वडाबाट सिफारिस समेत गरेका छन । उपभोक्ता समितिका सचिब भिमबहादुर थापाका अनुसार उपभोक्ता समिति गठन, लागत स्टमेट तयार र सम्झाैता गर्न याेजना शाखामा पुग्न ३ दिन लागेकाे बताए ।

“सम्झाैताका लागि बाबियाचाैर गएँ सम्झौता गर्न खाेज्दा याेजना फाटमा तपाईंको याेजना छैन भन्नुभयाे म अचम्ममा परेँ” लेखाफाँटमा पनि हेरे याेजना देखेन अनि मेयर उपमेयर लाई समस्या राखे याेजनामा बजेट हाल्ने अाश्वासन दिनुभयो, यसरी ख्याल नगरी उपभोक्तालाइ दुख दिनुहुदैनथ्याे” सचिव थापाले भने । नगरपालिका वडा नं ९ काे याेजना हेर्ने सब इञ्जिनियर झक्कड बहादुर थापाले याेजना भए नभएको अाफुलाई थाहा नभएको र माैखिक जानकारी र वडाले गरेकाे निर्णयका अाधारमा लागत स्टमेट तयार गरेकाे बताए ।

यस बिषयमा वडा ९ का वडा अध्यक्ष शान्तिराज खरालले अाफ्नाे कमजाेरी नभई नगरपालिकाकाे भएको बताए । “हामीले गत बर्ष काेराेनाका कारण काम गर्न सकेनौं गत बर्षकै राेकिएकाे याेजना हाे, हामिले वडाकाे बैठक बसेर माग गरेका थियौं, नगरपालिकाले छुटेकाे याेजना जानकारी दिन भनेको थियोे पुराना याेजनालाई वास्ता त्यति गरेनौं अाज मात्रै छुटेको थाहा भयाे” अध्यक्ष खरालले भने । याेजना भए नभएको प्राबिधिक फाँटबाट लागत स्टमेट तयार गर्दा जानकारी हुनपर्ने हाे तर याेजना भए नभएको एकिन नगरेरै लागत स्टमेट समेत तयार गरिएको छ । नगरपालिकाले भदाै र असाेज महिनामा छुटेका याेजनाकाे बारेमा जानकारी दिन सबै वडा लाई अनुराेध समेत गरेकाे जनाएको छ ।

नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापाले बेला बेला वडालाई याेजना छुटेकाे भए जानकारी गराउन भनेकाे र वडाहरुले जानकारी दिन ढिलाइ गरेकै कारण याेजनाकाे किताब निकाल्न ढिलाे भएको बताए । “याेजना छुटेको कतैबाट जानकारी नअाएकाे हुदा याेजनाकाे किताब निकाल्याैं वडामा बाडेकाे करिव १ महिना भयाे, अाफ्नाे वडाकाे याेजना नहेरेरै सिफारिस गर्नु वडाकाे नै कमजाेरी हाे अध्यक्षले ख्याल गर्नुपर्थ्याे” थापाले भने ।

वडामा याेजना पुगेकाे करिब १ महिना पछि अध्यक्ष खरालले पाैष ८ गते याेजना सम्झौता गरिदिनको लागि नगरपालिकालाई सिफारिस पत्र लेखेका छन । नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत माेहनबहादुर बुढाले प्रकृयामा सबै अगाडि बढेकाे र गत बर्ष सम्पन्न हुन नसकेकाे याेजना भएको हुदा अागामी हिउदे परिषदमा बजेट बिनियाेजन हुने गरि काम गर्न लगाउने बताए । उपभोक्ता समितिका सचिब थापाले अाज नगरपालिकामा याेजना छुटेकाे हुदा थप गरिदिन निबेदन समेत लेखेका छन । निबेदनमा नगरपालिकाले याेजना शाखालाइ सम्झाैता गरि काम अगाडि बढाउन निर्देशन समेत दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close