समाचार

जानकारी गराउदा गराउदै याेजना छुटेकाे हाे यसमा मेराे दाेष छैन- अध्यक्ष खराल,

[mashshare]

सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं ९ का अध्यक्ष शान्तिराज खरालले नगरपालिका लाई अाफुले लिखित जानकारी गराउदा गराउदै याेजना छुटेकाे बताएका छन । खरालले पाैष ९ गते प्रसारण भएको समाचार प्रति अाफ्नाे ध्यानाकर्षण भएको समेत जनाएका छन । निलाे अाकाश अनलाइन मा “याेजना र बजेट नभएको काममा पञ्चपुरी ९ का अध्यक्ष द्वारा सम्झाैताका लागि सिफारिस” शिर्षक मा समचार अाएपछि त्यसमा अाफ्नाे कमजाेरी नभएको उनले बताए ।

पञ्चपुरी नगरपालिकाले छुटेकाे याेजनाका लागि समाबेश गर्न जानकारी दिएपछि २०७७ भदाै २६ गते चलानी नं ९२ काे पत्रमा वडाले नगरपालिकामा जानकारी समेत गराएकाे छ । लिखित रुपमै जानकारी गराएपछि याेजना समाबेश भएकोमा बिश्वास लागेकाे खरालले बताए । यता पञ्चपुरी नगरपालिकाले २०७६ काे माघ २६ गते याेजनामा बजेट छुट्याएकाे र नगरपालिकाकाे याेजना कितावमा समाबेश नभएको जनाएकाे छ । बिहिवार याेजना छुटेपछि नगरपालिकाले हिउँदे परिषदमा बजेट बिनियाेजन गर्ने गरि सम्झाैता गर्न र काम अगाडि बढाउन अनुमति समेत दिएकाे छ । नगरपालिका काे याेजना कितावमा याेजना समाबेश नभएको र वडा बाट सिफारिस भएपछि समाचार बाहिर अाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close