कारोबारसमाचारसमाज

पञ्चपुरीमा एकीकृत सम्पति कर वडा बाटै संकलन हुने,

[mashshare]

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाले प्रत्येक वडाबाट राजस्व संकलन गर्ने भएको छ । यस अघि नगरपालिका भित्रकाे सम्पुर्ण वडाकाे राजस्व नगरपालिकामा अाएर तिर्नुपर्ने बाध्यता अबदेखि हट्ने भएको छ । नगरपालिकाले ११ अाेटै वडा का सचिव र कार्यालय सहयोगी हरुलाई ३ दिने राजस्व संकलन सम्बन्धि तालिम संचालन गरेकाे छ । तालिम पछि नगरपालिका काे अान्तरिक राजस्व वडाबाट सकंलनकाे तयारी गरिने भएको छ ।

नगरपालिका भित्रका अाम नागरिकहरुकाे सहजताकाे लागि वडा बाट राजस्व संकलन काे सुरुवात गरिएको नगरपालिका का कम्प्युटर अपरेटर हर्क बहादुर बयक क्षेत्रीले जानकारी दिनुभएको छ । तालिममा एकीकृत सम्पत्ति कर संकलन र तथ्यांक ब्यबस्थापन सम्बन्धि जानकारी दिईएकाे छ । तालिमको सहजिकरण भानु रेग्मीले गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close