खेलकुदसमाचार

गाउपालिका अध्यक्षकप काे उपाधी चाैकुने १० घाटगाउलाइ,

चौकुने युवा तथा खेलकुद बिकास समितिको आयोजनामा संचालन भएको तेस्राे गाउपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता अाज चाैकुने २ काे लगाममा सम्पन्न भएको छ । पाैष ९ गतेदेखि संचालन भएको खेलमा ९ अाेटा टिमकाे सहभागीता रहेकाे थियोे । प्रत्येक बर्ष संचालन गर्दै अाएकाे अध्यक्ष कप भलिबल प्रतियोगितामा यसपटक चाैकुने ४ बाहेक अरु वडाकाे सहभागीता रहेकाे शिक्षक लालबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा चाैकुने ९ र १० काे फाइनल खेलमा वडा नं १० घाटगाउ प्रथम भएको छ भने दाेस्राे चाैकुने ९ घाटगाउ भएको छ । प्रथम हुने वडा न .१० घाटगाउले नगद ४० हजार १ सय, दोस्रो वडा न.९ घाटगाउ ३१ हजार १ सय र तेस्रो हुने वडा न. १ पोखरेलाइ १५ हजार १ सय शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । गाउपालिका उपाध्यक्ष निर्मला राना मगरको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमकाे अध्यक्षता चौकुने युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष खडकबहादुर थापा मगरले गर्नुभएको थियो । कार्यक्रमकाे संचालन सह सचिव चक्र आले मगरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close