प्रदेशसमाचार

अभिमुखिकरण कार्यक्रम सम्पन्न ,

कैलालीकाे मोहन्याल गाउपालिका वडा नम्बर ७ पितमारीमा १ दिने नदिजन्य पदार्थको ब्यबस्थापनको अभ्यास र कानुनी ब्यबस्था सम्बन्धि अभिमुखिकरण कार्यक्रम बल्चौर वन तथा बाताबरण श्रोत बिकास केन्द्र नेपाल (वाफर नेपाल् लम्की )को आयोजनामा सम्पन्न भएको छ। ढुङ्गा ,बालुवा ,गिट्टी र ग्राबेल उत्खनन र संकलनको क्षेत्र निर्धारण , सम्बन्धि कानुनी र अवसर सम्बन्धि छलफल गरिएको थियोे। अहिलेसम्म स्थानीय तहमा जोखिम र संबेदनशिल क्षेत्रबाट जथाभावी जेसीबी प्रयोग गरेर डुङ्गा, बालुवा र ग्रावेल ओसारपसार बस्ती सडक र पुलहरु जोखिममा रहेकोमा यस्ता कार्य रोक्नु पर्ने कार्यक्रममा सहभागी सरोकारवालाको जोड रहेको थियोे ।

ढुङ्गा ,बालुवा,ग्रावेल र गिट्टी उत्खननका लागि नदि कटान को उच्च जोखिम र संबेदनशिल झोलुङ्गे पुल देखि १ किलोमीटर उत्तर, दक्षिण गाउँ बस्ती बाट २ किलोमीटर, चुरेको फेदी बाट १ किलोमीटर ५ सय मिटर टाढा बाट मात्र ढुङ्गा ,बालुवा ,ग्राबेल अनुमती पाएको क्षेत्र बाट ओसारपसार गर्न पाउने बाताबरणिय अध्ययन रिपोर्टमा उल्लेख गरेको छ। मोहन्याल गाउपालिका वडा नम्बर ७ का वडाअध्यक्ष खर प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण धनगढी उप महानगरपालिकाका वन बाताबरण शाखा अधिकृत अशोक अवस्थीले गर्नु भएको थियोे । कार्यक्रममा जनप्रतिनिधि,वनका प्रतिनिधि लगाएतको सहभागीता रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close