प्रदेशराजनीतिसमाज

काङ्ग्रेस संग टक्कर लिन खाेज्ने समाप्त भएर जान्छ – नेता थानी,

[mashshare]

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले काङ्ग्रेस संग टक्कर लिन खाेज्ने समाप्त भएर जाने बताएका छन । संसद बिघटनका बिरुद्ध नेपाली काङ्ग्रेस क्षेत्र नं २ सुर्खेतले बाबियाचाैरमा अायाेजना गरेकाे कार्यक्रममा साे कुरा बताएका हुन । नेता थानिले काङ्ग्रेसले जंगलमा रहेका माअाेबादिलाइ शान्ति बार्तामा ल्याई देशमा संबिधान जारी गरेकाे स्मरण समेत गराएका छन । दुइ तिहाइकाे घमण्डका कारण सरकारले अाज सम्म बिकासका नाममा कुनैपनि काम उदाहरणीय रुपमा गर्न नसकेकाे समेत बताएका छन ।

नेपाली काङ्ग्रेस का जिल्ला सभापति कमलराज रेग्मीले नेकपा पार्टी अाफैमा अनिर्णयको बन्दी भएको हुदा यसबाट देशले फड्काे नमार्ने दाबी समेत गरेका छन । त्यस्तै नेपाली काङ्ग्रेस सुर्खेतका पार्टी सचिब टाेपबहादुर रावतले सरकारले संविधान बिपरित संसद बिघटन गरेकाे हुदा तत्काल सच्चिएर काम गर्न अाग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेस का नेता तथा कार्यकर्ताले चतुरे चाेक देखि प्रधानमन्त्री बिरुद्ध चर्काे नारावाजी गर्दै बजार परिक्रमा गरि सभा समेत गरेका छन ।

भेलाकाे शिबराज जाेशी, खड्क बस्याल, यज्ञबहादुर बिसी, तेजबहादुर बस्नेत, शाेभा शर्मा, माेहन थापा, नरेन्द्र शाहि, उपेन्द्र बहादुर थापा, मुक्ति रेग्मी, कालिबहादुर शाक्य लगाएतका नेताहरुले सम्बाेधन गर्नुभएको थियोे ।

क्षेत्र नं २ ख का सभापति कृपाराम थापाले संचालन गरेकाे भेलाकाे सभापतित्व क्षेत्रीय सभापति लालबिर भण्डारीले गर्नुभएकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close