समाचारसमाज

बौनिया जेसीजको अध्यक्षमा खतिवडा निर्बिराेध चयन

बौनिया जेसीजको १० औ शाखा अधिबेशनबाट बर्ष २०२१ को अध्यक्षमा जेसी गणेश प्रशाद जोशी (खतिवडा ,) निर्बिरोध निर्बाचित हुनु भएको छ । त्यसैगरी कार्यकारी उपाध्यक्षमा कृष्ण प्रशाद ओझा, मिलन ओलि, उपाध्यक्षहरु प्रकाश बहादुर शाही, जगत बहादुर शाही, देवानन्द जैसी, नवीन कुवर, महासचिव चक्रबहादुर शाही, कानुनी सल्लाहकार धिरज शाही र कोषध्यक्षमा वीर बहादुर बिष्ट रहनु भएको छ।बौनिया जेसीज बर्ष २०२० का अध्यक्ष केशव शाहिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बौनिया जेसीजका सस्थापक अध्यक्ष एबम कोसेली एफएम का स्टेशन म्यानेजर लिलाजङ्ग शाही रहनु भएको थियोे ।कार्यकारी उपाध्यक्ष चक्रबहादुर शाहिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी बौनिया जेसीजका संस्थापक अध्यक्ष लिलाजङ्ग शाही, पुर्व अध्यक्ष भुमी प्रकाश बम र जनक बिष्टले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।कार्यक्रमको संचालन महासचिव कृष्ण प्रसाद ओझाले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close