समाचारसमाज

बिपद सम्बन्धि कार्याशाला गाेष्टि सम्पन्न,

अान्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश अन्तरगत प्रदेश पुर्ब सुचना प्रणाली रणनीतिक कार्ययाेजना निर्माण कार्याशाला अाज बाबियाचाैरमा सम्पन्न भएको छ । practical Action र नेपाल रेडक्रस साेसायटी सुर्खेत काे सहकार्य, USAID र ICIMOD काे सहयोगमा मा कार्यक्रम भएको हाे । पञ्चपुरी, चाैकुने, बराहताल का सराेकारवाला निकाय तथा जनप्रतिनिधि हरुकाे सहभागीता रहेकाे थियाे । कार्यशालामा बिपद के हाे, यसबाट बच्ने उपाय, पुर्व तयारी, प्रकाेप पुर्व सुचना प्रणाली र यसकाे पुर्व तयारी का लागि गरिने अभ्यासको बारेमा छलफल समेत भएको छ ।

कार्याशालामा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले २०७१ सालकाे बाढीबाट प्रभावित हरुका लागि अाबश्यक सहयाेगका कार्यक्रम ल्याउन अनुराेध समेत गर्नुभएको छ । नगरपालिकाले उनिहरुकाे राहतका लागि केही पहल गरेपनि अझै २ सय १४ घरधुरी पालमुनि बस्नुपर्ने बाध्यता रहेकाे समेत बताउनुभयो । कार्याशाला गाेष्टिकाे सहजिकरण कृष्ण बहादुर राेकाय, दिनेशचन्द्र जाेशीले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close