कारोबारसमाचार

खमारीखाेला लघुजलबिधुत आयोजनाले काठका पाेल बिस्थापन गर्दै,

सुर्खेत काे पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा रहेकाे खमारीखाेला लघुजलबिधुत अायाेजना ले सेवाक्षेत्र भित्र रहेकाे बिधुत सेवा लाई प्रभावकारी बनाउने याेजना अघि सारेकाे छ । कार्यसमितिको बसेकाे बैठकले समुदायमा रहेका पुराना काठका जिर्ण पाेल लाई बिस्थापन गर्ने निर्णय अनुसार काम अगाडि बढाउन लागेकाे हाे । पञ्चपुरी ६ काे तिलकपुर बाट काठका पाेलहरु निकाल्ने काम सुरु गरिएको छ । अायाेजनाले वडा नं ४, ५ र ६ का केही ठाउँमा १ सय २७ अाेटा सिमेन्टको पाेल ब्यवस्थापन गर्न लागेकाे अायाेजनाका अध्यक्ष शुरेन्द्र शाहीले जानकारी दिएका छन । प्रायःजसो पुराना पाेल जिर्ण भएको हुदा तार जाेडिने समस्याले बत्तीको अबराेध हुने भएको हुदा पाेलकाे काम सुरुवात गरिएको हाे ।

अध्यक्ष शाहीले नयाँ पाेलमा तार जडान गर्न करिब १ हप्ता लाग्ने र तार जडान भएपछि सबै ठाउमा बिधुतका तारकाे अबस्था बारे जानकारी लिने जनाएका छन । सबै ठाउमा एकैपटक पक्कि पाेल ब्यवस्थापन गर्न नसकिने भएको हुदा राम्रो खाले काठका पाेललाई पनि ब्यवस्थापन गरिने भएको छ । ५३ र १७ किलाेवाट क्षमता भएको २ अाेटा अायाेजना बाट करिव १ हजार २ सय घरधुरीले बत्ती उपभाेग गर्दै अाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close